(Gazal by-Parihas subba)गल्छी न हुँ शहरको …..
गजल
परिहास सुब्बा
गल्छी न हुँ शहरको नाली मै माथी नै
दुनियाँको गाली श्राप खाली मै माथी नै
पाईनछे किहं कतै बाँकी अरु कसैलाई
मरिहत्ते गर्छे अर्की साली मै माथी नै
साली सँग लस्पस् छ थाहा हुँदा हुँदै फेिर
जानी जानी पछि लाग्छे काली मै माथी नै
घाँडो मात्र म युगको न त देशको निम्ती केिह
खेत्को छेऊ मै परेछु आली मै माथी नै
जो कम्जोर उसैलाई बजारिन्छ चट्टान् माथी
निम्छरो त्यो परेछु मै जाली मै माथी नै
February 27, 2007 at 9:39 am
Ramro chha gajal Parihash Ji, keep it up…