(kavita by-Reecha )कसॆैकॊ बन्ने प्रयासमा म…

    कसॆैकॊ बन्ने प्रयासमा म
                               रिचा तिवारी शिवाकोटी
कसॆैकॊ बन्ने प्रयासमा म
म कसैकॊ पनि हुन सकिन
न अरु कसैको बन्न सके
न तिमीलाई आफनो बनाउन सके ।

जीवनको खुशी बाडने बहानामा
आज पनि तिमीसँग मैले
एउटा मधुर हाँसो हास्ँन सकिन
तिमीलाई जीवनभर विस्रन सकिन ।

सधै पीडामा बाँच्ने
मेरो यो जीवनको नियती
यहि नियतीसँगै जुध्दै
मैले आफनो पीडा विस्रन सकिन ।

                                                               < Back to home>