गीती कोशेली - मन्जील् ‘दिप्’ आङ्देम्बे ‘गीती कोशेली’
-मन्जील् ‘दिप्’ आङ्देम्बे,
मन भरि आशा बोकी कल्पी बस्छु
मुटु भरि माया साची अझै बाच्छु
तिम्रो आगमनको सुनौलो बिहानिमा !
बशन्तको वहाँर बनी छाई दिन्छु
आशाहरु जलन भएर किनार खोज्दै बगे भने
प्रितहरु खरानी भएर बतासिँदै उडे भने
साझको घाम सङ्गै नऊदाउने गरी डुब्छु !
बशन्तमा नौरङ्गी फूल झै फूलेनौ भने
सुनिदेऊ मेरो कथा बुझिदेऊ मेरो मर्म
यो जुनिमा जन्म लिए केवल तिमी पाउन
साथ दिए रहन्छु, साथ टोडे मर्छु !
ए ! माया मुटु जोड प्राण मेरो बचाउन।
अङ्सराङ् – ५ पाँचथर् नेपाल्।