सपनाको महल – सबिना सिन्धु(kavita)
प्रेमी शहरको न्यानो आलिङ्गनमा
निथु्रक्क भिजाएर आफुलाई
यौवनका मुस्कुराहट साटिरहेकी छ्यौ ।
खेती गरिरहेकी छ्यौ आफ्ना कथाहरुको ।
मेरी लोरिमा !
आगो बाँचेर पानी निल्ने
समयका निर्लिप्त ओठहरुसँगै
छातीमा क्षितिज अटाएर
अघ्रिरहेकी छ्यौ स्वर्णर्ीम धड्कनहरुमा ।
महल ठड्याएर बेचिरहेकी छ्यौ
मध्यदिनका सपनाहरुलाई
टेबुलभरी पसारिएका अनियन्त्रित
आँखाहरु बीच
सागर छिचोलेर परेलाहरुबाट
बालुवाका शहरहरु ओसारिरहेकी छयौ ।
हराइरहेकी छ्यौ वर्षतका भेलहरुमा
नबुझिने इतिहास कोरिरहेकी छ्यौ
अँध्येरी रातमा ।
सपनाहरु कमजोर हुन्छन् लोरिमा !
भावनाका फूलहरु, फूल होइनन्
सपनाका बघैंचाहरु , महल होइनन् ।
स्वच्छन्द उभिनु स्वतन्त्रता होइन ।
उभ्याइएका स्तम्भहरु , ताजमहल होइनन् ।
असरल्ल फिँजाएर तन्नेरी छालहरु
केबल गुन्गुनाइरहेकी छ्यौ
प्रेमका सुमधुर गीत
कतै नबज्रियोस् पहाड तिमी माथि
नभाँच्चियोस् तिमीले चढ्न चाहेको सिँढी
नभत्कियोस् त्रि्रो सपनाको ताजमहल
र चोट नलागोस्,
लम्कन चाहाने गोडाहरुमा ।
June 21, 2007 at 3:01 am
राम्रो कविता!
August 25, 2007 at 3:07 pm
प्रेमी शहरको न्यानो आलिग्नमा होइन
मरुभुमिको बालुवामा निथुक भिजाइरहेकोछु
योवन्का मुस्कुरहट होइन
प्रबासिको पिडा साटिरहेकोछु
आफ्नो कथाहरु को खडेरिमा
प्रेम को बर्षा को प्रतिक्षारत छु
अनी तिम्रो लोरिमा
माया का सौगात हरु खोजिरहेकोछु
समयको निर्लिप्त ओठह रुसगै
छ तिमा पिडा मा लुकाएे र
प्रेम का महल हरु खडा गर्दैछु
मधेयदिन र पूर्ण रात मा
तिम्रो मिलन का सपनाहरु साच्दै छु।
K chha hazur hal khabar , tapai ko kavita padera ramro lageo . ra malai lage ko kura lekhe topaleko hu . yade tapai aphno kavita malai mail gare dinu bhayo bhane webside ma rakhedina sakitheo . so if u don’t mind can u give me ur mail add. my add. is horizan_182002@yahoo.com i am weating for ur responce . thanks & keep it up