गीत-इश्वर चाम्लीङ्ग

हिजो राती गोली चल्दा लुक्न भने मलाई बर्ुइकलमा
आमा तिमी कहाँ लुक्यौ,
बाबा तिमी कहाँ लुक्यौ,
आउन अब विहान भयो एक्लै छु है मत घरमा

मेलापात सबै खोजे खेतबारीमा कतै छैनन्
वरिपरी सबलाई सोधे किन होला कोही बोल्दैनन्
लौन बाबै खोजिदेउन, लौन बाबै भनिदेउन
मेरी आमा कहाँ लुकेको हिजो किन गोली चलेको
हिजो राती गोली चल्दा….

खोज्दा खोज्दै थाकिसके कहाँ होलिन आमा अहिले
भोक पनि लागि सक्यो फर्कि आउने होला कहिले
लौन बाबै खोजिदेउन, लौन बाबै भनिदेउन
मेरो बाबा कहाँ लुकेको, हिजो किन गोली चलेको
हिजो राती गोली चल्दा…