गजल – अब्जस चन्द्र
————————————————————————
                   गजल
                                                – अब्जस चन्द्र

शब्द भावमा गुजुल्टीदै एउटा गजल लेख्दै छु म !
तनाव ग्रस्त जीवन छट्पटिएर उकुसमुकुस देख्दै छु म !!

प्रमोशनको पगरीमा विभूषणको विल्ला भिर्दा !
सनाखत हुन नसकेका आकृतिहरु भेट्दै छु म !!

अस्वास्थ्य भावना भित्र संकल्पना फुल्दो रहेन छ !
इमानको तिरो तिर्न अस्तित्वमा करौती रेट्दै छु म !!

राष्ट्रको जीवन नदीमा पसिनाका ढिक्का बगाउन सकिन !
आफै मासिएर मुल्यहीनताको खाता मेट्दै छु म !!

तोपगाछी – झापा,
हाल – Post Box No:- 19679 Doha Qatar.