तांका को संरचनात्मक ढांचा
- तांका लेख्ने ढांचा हाईकु संग उस्तै हो । यो जम्मा ५ हरफ मा लेखिन्छ ।
- पहिलो हरफमा ५ अक्षर
- दोश्रो हरफमा ७ अक्षर
- तेश्रो हरफमा ५अक्षर
- चौंथो हरफमा ७ अक्षर
- र पांचौ तथा अन्तिम हरफ मा ७ अक्षर हुनु पर्दछ
जस्तैः
१, युद्धमा लड्ने
योद्धाहरु अब त
घुर्नु पर्ने हो
घाम अस्ताई सक्यो
झूप्रोको भांग्रो संगै।
२, भीरहरुमा
सपनाहरु कुदेर
इच्छाहरुको
लहरामा अल्झेर
देहावशान भयो।।
३, खप्पर भीत्र
विर्य परेछ क्यारे
मन त सधैं
चिप्लिन खोज्छ रात
पाईला पनि त्यतै।।
४, झलक्क हेर्दा
आकाशको फांटमा
बादल देखें
आहा पानी पर्ने भो
थुक्क धुवां पो रै छ।।
५, वास्तविकता
त्यो मैले खोलें भने
को हुन सक्छ
यहां यो सस्तो मेरो
ज्यानको जिम्मेवार।।
हाईकुको संरचनात्मक ढांचा
-यो अक्षरको मात्रा को आधारमा जम्मा तीन हरफ भीत्र लेखिन्छ ।
-पहिले हरफमा जम्मा ५ अक्षर हुनु पर्दछ ।
-दाश्रो हरफमा जम्मा ७ अक्षर हुनु पर्दछ ।
-र अन्तिम अर्थात तेश्रो हरफमा पुनः ५ अक्षर हुनु पर्दछ ।
जस्तैः